कोरोना संक्रमणबाट चितवनमा ६२ वर्षीया महिलाको मृत्यु

0

काठमाडौं : कोरोना संक्रमणका कारण चितवनमा थप एकजना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैंडाकोट नगरपालिका वडा नम्बर ९ की ६२ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा श्वास प्रस्वासको समस्या देखिएको र भदौ १७ गते कोरोना पुष्टि भएपछि कोभिड आइसियूमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । चितवनका अस्पतालमा कोरोनाका कारण २९ जनाको मृत्यु भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.