नेपाली जनसंपर्क समिती स्पेनले मनायो बिपी जयन्ती

0

नेपाली जनसम्पर्क समिती स्पेनले नेपाली राजनीतिका शिखर पुरुष, महामानव बिपी कोईरालाको १०७ औं जन्म जयन्ती को उपलक्ष्यमा बिपी र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भै कार्यक्रम गर्न असम्भव भएकाले फेसबुक म्यासेन्जर रूम मिटिंग मार्फत बिपी कोईरालालाई स्मरण गरिएको हो ।


नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्माको सभापतित्व र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा जन सम्पर्क समन्वय बिभाग प्रमुख श्री गोबिन्द भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा पुर्ब अध्यक्ष पुष्प भण्डारी र एकराज गिरी, निबर्तमान अध्यक्ष सालिकराम डुम्रे अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।
साथै एनआरएनए स्पेनका पूर्व अध्यक्ष अनिल गुरुङ लगायत सँस्थाका सल्लाहकारहरु, कार्य समिती पदाधिकारी तथा सदस्यहरु, म्याड्रिड क्षेत्रबाट रामकृष्ण पुडासैनी र पाइस भास्को क्षेत्रबाट तुल्सी गुरुङ, का साथै जनसम्पर्क समिती सँग आस्थावान जनसमुदायको उपस्थिती रहेको थियो ।


कार्यक्रम को शुरुमा नेपाली जनसम्पर्क समिती स्पेनका सदस्य सन्दिप मोहन भट्टराईले स्वागत गर्नु भएको थियो भने महामन्त्री राम प्रसाद सपकोटा (बिराज) ले सन्चालन गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्रेस का केन्द्रिय सदस्य तथा जनसम्पर्क समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराईले विपीले प्रतिपादन गरेको समाजवादको विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै नेपाली कांग्रेस त्यो समाजबाद प्रती बफादार रहने बताउनु भयो। साथै अहिलेको नेपालमा रहेको कम्युनिष्ट सरकार बाट नेपाल ले सुसासन प्राप्त गर्न नसक्ने, महामारिको बेला पनि सरकार भष्ट्राचारमा लुप्त रहेको, कुर्ची जोगाउन र आफ्ना कार्यकर्ता भरण पोषण मा लागेकोमा दुख ब्यक्त गर्दै नेपाली जनताको सुशासन को लागि नेपाली काङ्रेस बाहेक अरुबाट सम्भब नहुने बताउनु भयो । साथै कांग्रेसको आसन्न महाधिवेशन भब्यताका साथ सफल बनाउन सबै क्षेत्रमा सबै जना लाग्नुपर्ने. म्याद समाप्त जनसम्पर्क समितीको अधिबेशन नेपाली काँग्रेसको केन्द्रिय अधिबेशन भन्दा अगाडि गरिसक्नुपर्ने, त्यसका लागि आफुले पहल गर्ने बताउनु भयो।

उक्त कार्यक्रममा बोल्ने सस्थाका संस्थापक पुर्ब र निबर्तमान अध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यूहरु, स्पेनस्थित विभिन्न क्षेत्रगत प्रतिनिधि बक्ताहरुले बिपी, समाजवाद र बर्तमान नेतृत्व र काग्रेसको आगामी बाटोको बारेमा आ आफ्ना बिचार ब्यक्त गर्नु हुँदै महामानव बिपी कोईराला प्रती हार्दिक श्रद्वासुमन व्यक्त गर्नुभएको थियो ।


अन्त्यमा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती इन्द्र प्रसाद शर्माले आफ्ना बिचारका साथ सबैलाइ धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.