डेढ महिनादेखि स्थगित नेकपा स्थायी समिति बैठक आजबाट

0

काठमाडौं : सत्तारुढ नेकपाको स्थायी समिति बैठक डेढ महिनापछि आज बस्दैछ । आन्तरिक किचलो र प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग पछि स्थगित बैठक आजवाट पुन सुरु हुन लागेको हो ।

पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अध्ययनका लागि तयार पारिएको प्रस्ताव हिजो नै स्थायी समिति सदस्यलाई उपलब्ध गराइएको छ ।

उता नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको अन्तरसंघर्ष समाधानका लागि लागि दुई अध्यक्षले तयार पारेको प्रस्तावमा सहमति जनाएको छ ।

अध्यक्षद्वयको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्टगर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।

त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोरोना महामारीको रोकथाम, नियन्त्रण र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषय पनि छलफलका एजेण्डामा छन् ।

Leave A Reply

Your email address will not be published.