आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित, बैठक भोलि बस्ने

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएको भन्दै आजको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद्को बैठक आज बिहीबार साँझ बोलाइएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी गरेको थियो । मन्त्रिपरिषदको बैठक भोलि शुक्रबार बस्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.