जितिया पर्वको मुख्य दिन आज, निराहर व्रत बसी जिमुतवाहन भगवानको कथा सुन्ने प्रचलन

0

काठमाडौं : जितिया पर्वको आज दोश्रो दिन व्रतालु महिलाहरू निराहार व्रत बसेका छन् । थारु र मिथिला क्षेत्रकै महिलाहरू आज बिहान चार बजेदेखि उपवास बसी निराहार एंव निर्जला व्रत बसि भोली शुक्रबार बिहान व्रत सम्पन्न गर्दछन् ।

आश्विन कृष्ण पक्षको अष्टमी तिथका दिन मनाईने यो व्रत कठिन मानिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । निकै रमझमका साथ मनाइने यो पर्वमा यसवर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण धेरै महिलाले घरमै बसेर जितिया मनाइरहेका छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइन्छ ।

जितिया पर्वका अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख दलका शिर्ष नेताले शुभकामना दिएका छन् ।

Leave A Reply

Your email address will not be published.