उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, यातायातमा जोर-बिजोर लागू

0

काठमाडौं : काठमाडौं उपत्यकामा एक्काइस दिनपछि निषेधाज्ञा केही सहज हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय गरेको हो ।

त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ । कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । अन्य क्षेत्रमा भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ ।

उपत्यका प्रवेश गर्ने सवारी साधनहरुका लागि भने पहिलेकै प्रावधान लागू हुने भएको छ । शैक्षिक संस्था, चलचित्र भवन लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नहुँदासम्म वन्द नै रहने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मापदण्ड तयार गरेर लकडाउन थपिएको घोषणा सहितको सूचना आजै प्रकाशित गर्दैछन् ।

सूचनामा छुट दिइने क्षेत्र र मापदण्डबारे स्पष्ट गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उपत्यकामा भदौ तीन गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक जारी निषेधाज्ञा बुधबार मध्यरातसम्म कायम छ ।

Leave A Reply

Your email address will not be published.