काठमाडौं : काठमाडौंमा एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक पुरुष मधुमेह र उच्च रक्तचापका विरामी थिए । उनलाई मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै नवलपरासीको देवचुली नगरपालिका एकका ६४ वर्षीय पुरुषको पनि हिजो साँझ चितवन कोभिड अस्पतालमा मृत्यु भएको छ ।
मृगौला रोगी समेत रहेका संक्रमितको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । उनी भदौ १९ गते अस्पताल भर्ना भएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय आठ पुगेको छ ।