मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत
काठमाडौं : सम्झौता अनुसार रासायनिक मल ल्याउन नसकेपछि ठेकेदार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का रद्द भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको आजको बैठकले दुबै कम्पनीले राखेको धरौटी रकम पनि जफत गर्ने निर्णय गरेको हो ।
ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कारबाहीस्वरुप धरौटी जफत गरिएको हो । सैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होविकोको चार कोरड ५६ लाख ६२ हजार ३ सय ७५ नेपाली रुपैयाँ जफत भएको हो । मल नल्याउने ठेकेदार शैलुङ र होनिकोको ठेक्का रद्द गरी धरौटी समेत जफत गरिएको कृषि मन्त्रालयले जनाएको छ ।
दुबै कम्पनीले मल ल्याउन प्रतितपत्र ‘एलसी’ खोलेको १ सय १७ दिनभित्र भित्र अर्थात भदौ २० गतेसम्म मल नेपालमा आइसक्नुपर्ने थियो । तर दुबै ठेकेदारले मल ल्याउन सकेका थिएनन । ठेकेदारले समयमा मल नल्याउदा अहिले देशभर रासायनिक मल अभावको स्थिती छ ।