कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ संक्रमित थपिए, उपत्यकामा थपिए ४४५ संक्रमित

0

काठमाडौं : नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले बताएको छ ।

Leave A Reply

Your email address will not be published.