चितवनमा कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

0

चितवन : चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । भरतपुर ११ की ४० वर्षिया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

भदौ ६ गते बान्ता हुने र पखाला लाग्ने गरेपछि अस्पताल पुगेकी ति महिलामा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवन मेडिकल कलेजमा अन्य चार जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । चितवनमा पछिल्लो समय एकैपटक कडा प्रकृतिको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । सामान्य लक्षण भएर अस्पताल आउनेहरुको पनि एक दुई दिनमै स्वास्थ्य असामान्य बनी आईसियु र भेन्टिलेटर चाहिन थालेपछि चिकित्सक पनि अन्यौलमा देखिन्छन् ।

चितवनमा हालसम्म कोरोना संक्रमणवाट १८ जनाको मृत्यु भैसकेको छ । तिमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपरासीका एक–एक जना छन् ।

Leave A Reply

Your email address will not be published.