काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

0

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ ।

Leave A Reply

Your email address will not be published.