उजुरी गर्नेको सङ्ख्या घट्यो

0

भीमदत्तनगर, ७ साउन । जिल्ला प्रहरी कार्यालय बैतडीमा ठाडो उजुरी गर्नेको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७१÷७२ मा जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिनेकोे सङ्ख्यामा झन्डै तीन दर्जनले कमी आएको छ । आव २०७१-७२ को १२ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका १५५ वटा मात्रै उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८५ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये अधिकांश मुद्दा प्रहरीमै मिलापत्र भएको र ४६ वटा मुद्दा अदालती प्रक्रियामा अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताउनुभयो । यस्तै सार्वजनिक मुद्दाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा १५ उजुरी दर्ता भएकामा गत आर्थिक वर्षमा तीनवटा मात्रै उजुरी परेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.