कोरोना अपडेटः संक्रमित २८ हजार ९३८, निधन १२०, डिस्चार्ज १७ हजार ७००

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुंगाका १, झापाका १६, पाँचथरका १, मोरङका ६९, पर्साका १०८, सुनसरीका ३६, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका १३, सर्लाहीका १९, सिराहका १९, काठमाडौँका १३४, चितवनका २४, धादिङका १, भक्तपुरका ८ र ललितपुरका १७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीका ५, गोरखाका ३, तनहुँका ४, नवलपरासीका १२, लमजुङका १०, कपिलवस्तुका ६, दाङका ३, नवलपरासीका १, पाल्पाका १, प्यूठानका २, बर्दियाका २, बाँकेका १८, रुपन्देहीका ५२, जुम्लाका ९, रोल्पाका १, सल्यानका १७ सुर्खेतका १३, अछामका ३, दैलेखका ४, कैलालीका ३ र डोटीका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गएकाे छ।

स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार काठमाण्डौ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, माेरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाकाे कोरोनाबाट मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमित ११ हजार १ सय १८ छन्।