बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

सोमबार बिहान नेकपाको सचिवालय बैठक लगत्तै सभापति देउवा एक जना सहयोगी लिएर बालुवाटार पुगेका हुन् । सभापति देउवा रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् ।

सभापति देउवा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, विश्वविद्यालयमा नियुक्तीको विषयमा कुरा गर्न बालुवाटार गएको स्रोतले जानकारी दियो ।