एनआरएन ईटालीका अधिकांश उमेदवार निर्विरोध, अध्यक्षमा दुईको उमेदवारी

चारदिशा सम्वाददाता।
२३ जुलाई रोम।
गैर आवासीय नेपाली संघ ईटालीको चौथो कार्यकालको लागि हुन गैरहेको आम निर्वाचनमा अध्यक्ष लगायत अन्य सवै पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचत आयोगले २२ जुन २०१५ रात्रीको १२ वजे सम्म उमेदवारको अन्तिम आवेदन गर्ने मिति तोकिएकोमा उक्त समयावधिमा अध्यक्षमा मात्र दुई जनाको उमेदवारी परेको निर्वाचन संयोजक रिचार्ड भण्डारीले चारदिशालाई जानकारी दिएका छन्।
आगामि दुई वर्षे कार्यकालका लागि रोमवाट क्षेत्रकुमार श्रेष्ठ र मिलानवाट उर्मिला थोकरको उमेदवारी परेको छ। श्रेष्ठ एनआरएन कार्यसमितिका पूर्व उपाध्यक्ष र थोकर पूर्व कोषाध्यक्ष हुन्।
एनआरएन ईटालीको विधान अनुसार ५ देखि २१ जना कार्यसमितिका सदस्यहरु हुने प्रावधान भएतापनि सदस्यहमा कसैले पनि उमेदवारी दिएनन्। निर्वाचन प्रकृयाको शुरुवात सँगै चर्को शुल्कको कारण अधिकांश योग्य उमेदवारहरुले चासो देखाएनन्।
यस्तो छ चौथो कार्यकालको लागि उमेदवारी दिने उमेद्वारहरुको नामावलि
उपाध्यक्ष:- हेमराज जोशी, रोम
महासचिव:- रामकुमार राई, भेनिस।
सचिव :- रामहरी खकुरेल, रोम ।
कोषाध्यक्ष:- राधिका क्षेत्री, रोम ।
युवा प्रतिनीधि:- अशोक उप्रेती, मिलान।
आइसिसी सदस्य:- सन्जयदेव श्रेष्ठ, मिलान।