वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण

0

वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये १५ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्। वीरगञ्ज महानगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण महतो, महानगरको वारुण यन्त्रमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै संक्रमण देखिनेहरुमा ९ जना प्रहरीसमेत रहेका छन्। स्वेच्छाले पैसा तिरेर जाँच गराएका ११ जनामा पनि कोरोना संक्रमण देखिएको छ।७५ जना संक्रमित मध्ये उपचार नपाएर ज्यान गुमाएकी युवती पनि रहेकी छिन्।

यस्तै नारायणी अस्पतालका दुईजना स्वास्थ्यकर्मी, महानगरको बेल्वा टोलका एक स्वास्थयकर्मी, पर्साको पकहा मैनपुर गाउँपालिकाका एक स्वास्थयकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ।

Leave A Reply

Your email address will not be published.