राजधानीमै सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको
काठमाण्डौ – राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ । सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाण्डौ प्रहरी परिसरका अनुसार सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
अन्दाजी ४५ वर्षका लाग्ने पुरुष व्यक्तिको हत्या भएको प्रहरीले जनाएको छ। शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।