काठमाण्डौ – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ जिल्लाका ५६ जनासहित उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दएिका हुन् ।
डा. गौतमका अनुसार ललितपुर र भक्तपुरमा ३–३ जना थपिएका छन् । त्यस्तै आज देशभरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।