काठमाण्डौ – नेपालमा कोरोना भाइरसका आज ३ सय ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।