मेयर, नेपाली सेनासहित वीरगञ्जमा थपिए ५५ कोरोना संक्रमित

0

वीरगञ्ज – पर्साको वीरगञ्जमा शनिबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मेयर, नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी दिए । मेसु उपाध्यायका अनुसार ५५ जना संक्रमितमध्ये बाराका तीन जना र सर्लाहीका एक जना रहेका छन् ।

बिहान संक्रमण पुष्टि हुनेहरुमा बारा जिल्लाको कलैया–१० घर भई नारायणी अस्पतालको प्रयोगशाला कार्यरत १ जना, वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्ष देखि ४० बर्षका सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३५ बर्षिय १ जना पुरुष र ५५ बर्षिय १ जना महिला रहेकी छिन् भने बिन्दवासिनी गाँउपालिका नगरदाहा वडा नम्बर ३ का ३१ बर्षिय १ जना पुरुष रहेको मेसु उपाध्यायले बताए ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष, बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुष रहको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.