बेरुत विस्फोट: नेपाली सुरक्षित, परराष्ट्रमन्त्रीद्वारा समवेदना व्यक्त

0

काठमाण्डौ – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार राति भएको विस्फोटबाट कुनैपनि नेपाली नागरिक प्रभावित नभएको सरकारले जनाएको छ ।

‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ,’ बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् ।

उक्त शक्तिशाली विस्फोटमा परी १३५ जनाको मृत्यु हुुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १२ हजारको हाराहारीमा नेपालीहरु लेवनानमा छन्

Leave A Reply

Your email address will not be published.