पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार १५६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.