कोरोना महामारी: जोर बिजोर प्रणाली लागू हुँदै, कडा लकडाउनको गृहकार्य

0

काठमाण्डौ – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तिव्र रूपमा बढ्दै गएपछि सरकारले निजि सहित सार्वजनिक सवारमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

त्यसका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ क्षेत्रका विज्ञ र सरोकारवालाहरुसँग मंगलबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली आफैंले परामर्श गर्दै छन् ।

सिसिएमसीका एक सदस्यका अनुसार सिसिएमसीको पछिल्लो बैठकमा कोरोना संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक भन्दा बाहेकका क्षेत्रलाई बन्द गरी निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा गहन छलफल चलिरहेको छ ।

अर्कोतिर कोरोना संक्रमण अहिलेकै गतिमा फैलिए भयावह बन्न सक्ने भन्दै पहिलेभन्दा कडा खालको लकडाउन अबलम्बन गर्न स्वास्थ मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको छ । ७ साउनबाट अन्त्य भएको भनिएको लकडाउन दुई हप्ता पनि बित्न नपाउँदै फेरि ब्युँताउन लागिएको हो ।

‘समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिएपछि सरकार गम्भीर बनेको छ । पछिल्लो समय संक्रमित भएका बिरामीहरुमा लक्षणसहितको र खतरनाक अवस्था देखिएको छ । मुख्य शहरहरुमा आइसोलेशन र भेन्टिलेटरको समेत अभाव देखिन थालेको छ । यस्तो अवस्थामा सरकारले जोर बिजोर सहिद कडा खालको लकडाउन गर्ने सम्मको कडा कदम उठाउन सक्छ ।’ स्वास्थ मन्त्रालयका एक अधिकारीले भने ।

बुधबार वा बिहीबारदेखी नै उपत्यका सहितका सवारीको चाप हुने क्षेत्रमा जोर बिजोर प्रणाली लागू हुने तथा यो हप्ता भित्रै लकडाउनको निर्णय हुनसक्ने ती अधिकारीको दाबी छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ भने मृतकको संख्या ५७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.