सिन्धुपाल्चोक – भारी वर्षाका कारण सिन्धुपाल्चोकको दुई स्थानमा गएराति गएको पहिरोमा वेपत्ताहरुको शव फेला परेको छ । प्रहरीका अनुसार घटनामा वेपत्ता समेतको शव फेला परेपछि मृतक संख्या १० पुगेको छ ।
मृतकहरुमध्ये आठ जना कभर्ड हल निर्माणमा खटिएका मजदुर छन् । टहरामा नौ जना मजदुर सुतिरहँदा पहिरोले पुरिएको थियो । जसमध्ये भारतको बेतिया घरबारु शाहलाई जिवितै उद्धार गरिएको थियो ।
राति सुतिरहँदा पहिरो खसेकाले मजदुरहरुले चाल नपाउँदा भाग्न पाएनन् । उनीहरुको घटनास्थलमै मृत्यु भयो ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका बरुवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ । मृतकहरु श्रीमान श्रीमती हुन् । प्रहरीका अनुसार मृतकहरुमा ५० वर्षीय यज्ञबहादुर कस्तरी र ४८ वर्षीया लक्ष्मी सिलवाल हुन् ।