कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जाँदा प्रहरीमाथि आक्रमण

0

एसपीसहित छ घाइते

वीरगञ्ज – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित छजना प्रहरी घाइते भएका हुन् ।

मिलनचोक क्षेत्रमा शव व्यवस्थापनका लागि एसपीसहितको टोली पुगेको र स्थानीयले विरोध गरेपछि कुरा मिलाउने प्रयास भइरहँदा ढुंगामुढा भएको थियो । स्थानीयले ढुंगामुढा गर्दा एसपी पन्त घाइते भएकी थिइन् ।

स्थिति सामान्य अवस्थामा ल्याउन हवाई फायर समेत गरिएको थियो । दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेपछि स्थिति केही नियन्त्रणमा आएको थियो ।

वीरगञ्जमा मृत्यु भएका तीनजनाको शव व्यवस्थापनको वातावरण बनाउने क्रममा आक्रमण भएको थियो । आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.