काठमाडौं – सोमबार नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ९४५ पुगेको छ ।
उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको डा. गौतमले बताए ।
हाल संक्रमित रहेकाहरुको संख्या ६ हजार ६१३ रहेको उनले बताए ।
गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ ।