ओली–दाहाल भेटवार्ता सम्पन्न, सकारात्मक छलफल भएको दाबी

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन् । आजको छलफलमा दाहालले ओलीसँग अझै एक्लाएक्लै छलफल गर्ने बताएका थिए ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

दुई अध्यक्षबीच सहमति खोज्ने भनेर आज बस्ने भनिएको स्थायी कमिटी बैठक असार २२ गते विहान ११ बजे बस्नेगरि स्थगित् गरिएको छ। यो बीचमा ओली र दाहालबीच सहमतिको प्रयास गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.