काठमाडौं – सत्तारुढ नेकपाको शनिबारलाई तय स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटीको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए ।
नेकपामा नेतृत्वको विवाद बढ्दै जाँदा आज स्थायी कमिटी बैठक बस्ने र त्यसले ठोस निर्णय गर्ने बताइएको थियो । तर, एक्कासि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि सारेका हुन् ।