थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८

काठमाण्डौं – नेपालमा आज (सोमबार) एकैदिन २२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनीहरु मध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७९८ पुगेको छ । उनीहरु मध्ये १६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।