काठमाण्डौं – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनले देशको अर्थतन्त्र र सामन्य नागरिकको दैनिकी नै प्रभावित हुन थालेपछि जेठ २० पछि लकडाउनमा खुकुलो गर्ने सरकारले तयारी थालेको छ ।
उच्च राजनैतिक स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात, शैक्षिक संस्था केही समय बन्द नै गर्ने रणनीति अख्तियार गरेको छ । तर शैक्षिक कार्यक्रमको विकल्पको रूपमा अनलाइन र दूर शिक्षा सुरु गर्ने सरकारको तयारी छ । यसकालागि शिक्षा मन्त्रालयले तयारी थालेको छ ।
उद्योगहरू सञ्चालनको अनुमति दिइने छ भने सुरक्षाको वातावरण मिलाउनुपर्ने दायित्व उद्योगीले मिलाउनुपर्ने छ । विदेशमा अलपत्र नेपालीको उद्वार गरी रोजगारीमा लगाउने सरकारको योजना छ । उनिहरूलाई निर्माण क्षेत्रमा लगाउने सरकारको योजना छ ।
कोरोनाविरुद्धको लडाइमा पनि निर्माण कार्य र राष्ट्रिय गौरवका आयोजना तथा विकासका ठूला आयोजना हरूलाई पनि अगाडि बढाउने सरकारको तयारी छ ।
देशमा कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि जनताको दैनिकी नै मुस्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर नै सञ्चालन गर्न दिने तयारी गरेको हो । अस्पतालमा कोरोना संक्रमितको चाप बढेसँगै सरकारले घरमै आइसोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ ।