नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाण्डौं – थप ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।