काठमाडौं सहितका जिल्लामा भेटिए ३२ जना कोरोना संक्रमित

देशभर संक्रमितको संख्या ५ सय ४८ पुग्यो

 काठमाण्डौं – शनिबार थप ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । आज फेला परेको नयाँ संक्रमितसहित देशभर कोरोना पोजेटिभको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज फेला परेका संक्रमितहरु काठमाडौं, कपिलवस्तु, सर्लाही र रुपन्देही, चितवनका रहेका छन् । संक्रमित मध्ये दुई जना महिला तथा अन्य सबै २८ जना पुरुष रहेका छन् ।नयाँ संक्रमितसहित देशभर कोरोना पोजेटिभको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।