काठमाण्डौं – प्रदेश एकमा बुधबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका अनुसार बुधबार झापाबाट ५, धनकुटा र धरानबाट समान एक जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो ।
विराटनगरस्थित प्रदेश एक प्रयोगशालामा संक्रमितको स्वाबको नमुना परीक्षणका क्रममा उनीहरुमा पोजेटिभ रिपोर्ट आएको डेस्कले जनाएको छ ।
यससँगै प्रदेश एकमा हालसम्म ६६ जनामा कोभिड १९ पुष्टि भएको छ, यद्यपि हालसम्म विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् ।
हाल प्रदेश सरकारले कोभिड १९ को संक्रमण दैनिक रुपमा बढेसँगै विभिन्न तीन ठाउँबाट पिसिआर परीक्षण जारी राखेको छ ।
बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको र आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको डेस्कले जनाएको छ ।