प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको पिठ देख्नु परे पछि

बेल्जियमकी प्रधानमन्त्री सोफी विलियमलाई यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो पिठ देखाएर स्वागत गरेका छन । बेल्जियमको राजाधानी ब्रसेल्सको सेन्ट पिटर अस्पतालमा निरिक्षणका लागि शनिबार जादा विलियमलाई त्यहा कार्यरत डाक्टर , नर्स र अन्य स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको आपतकालिन अबस्थामा कामको मार धेरै भएको, मानसिक तनाब, स्वास्थ्य सुरक्षा उपकरणहरुको अभाब भएको र सरकारले चासो नदिएको गुनासो सहित पिठ फर्काएर बिरोध जनाएका थिए ।

प्रधानमन्त्री सोफीले स्वास्थ्यकर्मीहरुको जायज गुनासोलाई सम्बोधन गर्ने विश्वाश दिलाएकी छन । उनले आफ्नो ट्वीटर् ह्यान्डलमा अस्पतालको अवस्थाको बारेमा जानकारी लिएको र छिट्टै स्वास्थ्यकर्मीहरुका समस्या समाधान गरिने बताएकी छिन् । प्रधानमन्त्रीले कोरोना आपतकालमा स्वास्थ्यकर्मीहरुको योगदानको बारेमा देश जानकार रहेको, उनीहरुका आवश्यकताको पुर्ती र अन्य सुबिधा दिन सरकार तयार रहेको पनि बताएकी छिन् ।