कालापानीमा मिचिएको नेपाली जमिन फिर्ता गर्न एनआरएनए बेल्जियमले भारतीय दुताबासमा बुझायो बिरोध पत्र

गैर आबासीय नेपाली संघ बेल्जियमले भारतले नेपाली भुमी मिचेर निर्माण गरेको धार्चुला लिपुलेख सडक खन्डको नेपाली जमिन नेपाललाई फिर्ता गर्न माग गर्दै भारतीय दुताबास ब्रसेल्समा बिरोध जनाएको छ । ऐतिहासिक तथ्य, दस्ताबेज र दुई देश बिचको ऐतिहासिक सम्बन्धको ख्याल नगरि भारतले नेपाली सार्बभौम सत्ताको बिरुद्ध गरेको निन्दनीय कार्य सच्याउन माग गर्दै दुताबास फार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि बिरोध को जानकारी गराइएको छ ।

केही महिना अगाडि नेपाली भुमीलाई आफ्नो नक्सामा जोडेर प्रकाशित् गर्नु र अहिले त्यही त्रिपक्षिय नाकामा रहेको नेपाली जमिन हडप्ने प्रयास गरिएकोले सो कार्य नेपाली डायसपोरालाई किमार्थ स्वीकार्य हुन नसक्ने पनि अबगत गराईएको छ । दुई देश बिच रहेका सिमा समस्यालाई दुई पक्षीय बार्ता र पूर्व सहमति र दस्ताबेजको आधारमा टुङ्गो लगाउन पनि आग्रह गरिएको छ ।

संघका अध्यक्ष चित्र सुबेदी द्वारा हस्ताक्षर गरिएको र हुलाक र ईमेल मार्फत सम्प्रेसण गरिएको बिरोध पत्रमा नेपाल सरकारले नेपालको सार्बभौमिकताको रक्षाका लागि चाल्ने कदमलाई प्रबासका नेपालीहरुको पूर्ण समर्थन रहेको छ भन्दै नेपाली भुमी तत्काल फिर्ता गर्न भारत सँग माग गरिएको छ ।