भारतले अन्तरराष्ट्रिय कानुन र दुई देश बिच भएको सुगौली शन्धिको उल्लंघन गर्दै नेपाली भुभाग कब्जा गरी धार्चुला – लिपुलेक (मानसरोबर) जाने सडक निर्माण गरेर दादागिरी देखाएको भन्दै क्रुद्ध भएका नेपालीहरुले बिभिन्न माध्यमबाट बिरोध गरी रहेका छन । जर्मनीमा सक्रिय संघ संस्थाहरुले पनि नेपाली सिमानामा नङ्रा गाड्ने भारतीय चरित्रको बिरोध गर्नु सबै नेपालीको कर्तब्य भएको र नेपाल सरकारले यस बिषयलाई अन्तरराष्ट्रियकरण गरी तत्काल नेपाली भुमी फिर्ता लिन पहल गर्न माग गरेका छन ।
नेपाल सरकार राष्ट्रियताको यस्तो सम्बेदनशील बिषयमा पनि अनबिज्ञ रहेको भन्ने , जनस्तरबाट भैरहेका स्वतस्फुर्त आन्दोलनलाई पनि दमन गर्नु दु:खद रहेको बताउदै जनभाबनाको कदर गर्न र गिरप्तार आन्दोलनकारीलाई रिहा गर्न पनि माग गरेका छन । गैर आबासिय नेपाली संघ जर्मनी, ,प्रबासी नेपाली एकता मन्च जर्मनी, नेपाली जन संपर्क समिती जर्मनी र जन प्रगतिशिल मोर्चा जर्मनीले संयुक्त बक्तब्य जारी गर्दै ऐतिहासिक तथ्य र दस्ताबेजले प्रमाणित् गरेको नेपाली भुमीको रक्षा गर्न पनि जोडदार रुपमा माग गर्दै यस बिषयमा देश बिदेशमा रहेका सबै नेपाली एकजुट हुन पनि अपिल गरेका छन ।