रमेश कंडेल
२५ अप्रिल, बेल्जियम ।
२४ अप्रिलमा दिउसो २:२० बाट रातीको १० बजेसम्म भएको सुरक्षापरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णयहरु गरेसंगै बेल्जियमले आगामी दिनहरुमा लकडाउनलाई क्रमस खुकुलो गर्दैछ।
पहिलो चरण ४ मे बाट केही ब्याबसायहरु खोल्न दिने भएको छ। सार्बजनिक यातायातहरुमा जादा मास्क वा नाकमुख छोप्ने कुरा लगाउन भनेको छ।केही खेलकुद गर्न पनि खुल्ला गरेको छ।
दोश्रो चरण ११ मे मा सबै पसलहरु खोल्न पाईने गरेको छ तर सबैले सोसल डिस्ट्यन्सको पालना गर्नुपर्ने छ।
तेस्रो चरण १८ मे बाट स्थितीको मुल्याङ्कन र अध्ययन गरेपछी सबै शारिरिक तथा खेलकुद गतिविधीहरु, स्कुल, म्युजियम, हजाम तथा ब्युटिपार्लर खोलिने छ।
चौथो चरणमा ८ जुन भन्दा अगाडी नखोलिने रेष्टुरेन्ट, क्याफे र बार लाई क्रमस: खोल्न अध्ययन र स्थितीको मुल्याङ्कन गरिनेछ। ठुला सामुहिक कृयाकलापहरुलाई अगष्टको अन्तिम सम्म निषेध गरिएको छ। वैवाहिक कार्यक्रममा सिमीत ब्यक्तिहरु र मलामी जादा धेरैमा १५ जना हुनुपर्ने पनि निर्णय गरेको छ।
कोरोना संक्रमितहरुलाई बाहिर निस्कन मनाही गरेको छ। नियम तोडेमा ठुलो कार्वाहिमा पर्न सक्ने भनेको छ। बेल्जियमका सबै नागरिकहरुलाई मास्कको ब्यावस्था गर्ने पनि जानकारी दिएको छ। सार्बजनिक स्थलमा साथिभाईको भेटघाटलाई अझै निषेध गरेको छ।
वृस्तित जानकारी तल दिईएको छ:
फेज -1A :- ४ मे
-पशुपंछीको लागि खाद्य पसल (Dieren voedingswinkels), आफै काम गर्ने सामानका पसलहरु (Doe-het-zelf zaken), बगैचा सम्बन्धी पसल ( tuincentra) , पत्रिका पसल, औषधि पसल र कपडाको साथै फर्निचरको पसल खोलिने।
-अत्याबस्यक सेक्टर भित्र नपर्ने सबै ब्याबसायहरु खोल्न पाईने तर सोसल डिस्ट्यान्सको पालना गर्नुपर्ने। घरबाट कामगर्न सकिने सबै कामहरु अझै घरबाटै गर्नुपर्ने।
-१२ बर्ष भन्दा माथिका सबै यात्रुहरुले सार्बजनिक यातायातको साधन प्रयोग गर्दा नाकमुख छोप्न मास्क लगाउने अथवा पछ्यौरा/ गलबन्दीले नाक मुख छोप्ने। यो सार्बजनिक यातायात भित्र मात्र नभएर बिल्डिङका प्रबेशद्वार,बस बिसौनी तथा रेल स्टेसनमा समेत अनिबार्य छ।
- खुल्ला आकासमुनी गरिने खेलकुद गतिबिधीहरु धेरैमा दुईजना वा एकै परिवारका भए धेरै जना ले गर्न पाईने । जस्तै टेनिस, माछामार्ने, गल्फ, एथलेटिक्स र कयाक आदि
फेज 1B:- ११ मे
हरेक क्षेत्रका ठुला-साना पसलहरु खोलिने। सबैले सोसल डिस्ट्यन्स्को पालना गर्नुपर्ने।
फेज २ : १८ मे
सरकारले स्थितीको मुल्याङ्कन गरेपछी मात्र:
-सबै शारिरिक तथा खेलकुदका गतिबिधीहरु २ वा दुईभन्दा बढीले गर्न पाईने ।
-एकदिनको लागि देश भित्र डुङ्गा चलाउन पाईने र दोस्रो निवासमा पनि जान पाईने ।
-परिक्षणको लागि मात्र १५ मेमा स्कुल खोलिने ।१८ मे बाट स्कुलहरु सुरुगर्ने । एउटा क्लासमा धेरैमा १० जना बिद्यार्थीहरु र १ जना शिक्षक/शिक्षिका हुनुपर्ने। एकजना बिद्यार्थीको लागि कम्तिमा ४ वर्गमिटरको ठाँउ हुनुपर्ने । शिक्षक/शिक्षिकाको लागि ८ वर्ग मिटर हुनुपर्ने । सबै शिक्षक/ शिक्षिका र विद्यार्थीहरुले मास्क अनिवार्य लगाउनु पर्ने।
-म्युजियमहरु खोल्नको लागि बिचार गरिने यसको लागि केही सर्त राखिने ।
-हजाम तथा ब्युटीपार्लरहरु जस्तै मान्छेहरु संग सम्पर्क हुने ब्यावसायहरु कस्ता सर्तमा खोल्न मिल्ने भन्ने बिषयमा अझै छलफल हुने।
फेज ३ :
८ जुन भन्दा अगाडी नखोलिने।
-रेष्टुरेन्ट, क्याफे तथा बारहरु क्रमस: फेरी खोल्नको लागि अध्ययन भईरहेको छ।मिती अझै तोकिएको छैन।
-मे को अन्तिम तिर युवाहरुको खेलकुद सिविर तथा गर्मी समयको क्याम्पहरु खोल्नको लागि निर्णय गरिने।
-धेरैदिनको लागि देश भित्र र बाहिर घुम्न जानको लागि अध्ययन गरिने । चिडियाखाना तथा मनोरञ्जनका पार्कहरु खोल्न पनि छलफल गरिनेछ।
-ठुला सामुहिक कार्यक्रमहरु ३१ अगष्ट सम्म निषेध गरिएको छ । तर खुल्ला आकासमा हुने साना कार्यक्रमहरु खोल्नको लागि अध्ययन गरिने।
-विवाहको लागि केही ब्यक्तिहरु मात्र र मलामी जानको लागि धेरैमा १५ जना त्यो पनि सोसल डिस्ट्यान्स १,५ मिटर राखेर जानुपर्ने।
(सजिलोको लागि यो जानकारीको यहाँ राखिएको हो। पूर्ण जानकारीको लागि बेल्जियमको सरकारी वेबसाईटमा हेर्नुहोला।