द्रोण रिजाल, नेदरल्यान्डस
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले यहि मार्च २८ तारिखका दिन आकस्मिक अनलाइन बैठक बसेको छ | विश्वभरी फैलिएको विनासकारी कोरोना भाइरसले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा नेदरल्यान्ड्स पनि अछुतो नरहेको परिस्थितिलाई मध्यनजर गर्दै संघ का अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा आकस्मिक अनलाइन बैठक बसेको हो | नेदरल्यान्ड्समा रहेका नेपालीहरुको अवस्था र भैपरी आउने संकटकालीन अवस्थामा एनआरएनए नेदरल्यान्ड्सको भूमिकाको बिषयमा गम्भिर छलफल गर्दै विभिन्न समिति निर्माण गरेको छ |
बैठकले श्री फणिन्द्र पन्तको संयोजकत्वमा आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग. सम्पर्क .समन्वय र सहजीकरणका निम्ति स्वास्थ्य सम्बन्धि सहयोग समिति , संघर्षशील केसीको संयोजकत्वमा आकस्मिक सम्पर्क. समन्वय र सहयोग समिति साथै यस विषम परिस्थितिमा नेदरल्यान्ड्स सरकारले बनाएका नीति .नियम र वित्तीय सहयोग अनि सुचना अध्यावधिक गर्दै ब्यबसायिक र कामदारहरुलाई प्राबिधिक र प्रक्रियागत सहयोग गर्ने उदेश्यले श्री शशी पौडेलको संयोजकत्वमा ब्यापारिक परामर्श समिति र श्री संघर्षशील केशी को संयोजकत्वमा आर्थिक श्रोत परिचालन र वितरण समिति गठन गरेको छ|
नेपाल सरकारले लगाएको लकडाउनबाट दैनिक गुजारा चलाउन मुस्किल हुदैजाने समुदायहरुका लागि र कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ एनआरएन केन्द्रको आकस्मिक कोषमा नेपाली रुपैया रु तिन लाख (२२८५ युरो ) पठाइसकेको र यस विषम परिस्थितिमा एक नेपालीले अर्को नेपालीलाइ सहयोग गर्न र सचेत भै सजक रहन आग्रह गरिएको छ |
स्मरण रहोस अहिले सम्म नेदरल्यान्ड्समा १०८६६ संक्रमित केस र ७७१ को मृत्यु भएको छ भने नेपाली समुदायमा अहिले सम्म कुनै समस्या देखिएको छैन ।