बृद्धाश्रममा कोरोना संक्रमण, एक चिहान भए सबै बृद्धबृद्धा

काठमाण्डौं – स्पेनस्थित एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले खुलासा गरेकी छन् । आपतकाल लगाएर सेना उतारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछिको दास्रो प्रभावित देश हो ।

सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४ जना बूढाबूढीको सामूहिक लास भेटिएपछि सेनाले स्पेनमा रहेको सबै बृद्धाश्रममा खोजतलास सुरु गरेको छ । मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सामूहिक लास भेटिएको थियो ।

कोरोनाको महामारी फैलिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छोडेर भागेका थिए ।अहिले सेनाले लास जम्मा गरेर जलाइरहेको छ । एजेन्सी