मदन दवाडी
सारा विश्वलाइनै त्रसित बनाइ राखेको र विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना
भाइरस सम्बन्धि धेरै थरिका कुराहरु धेरै ठाँउमा आइरहेका छन। सामाजिक संजालमा सहि
गलत जस्ता पनि सन्देशहरु प्रबाह भइरहेको छ। यसलाइ सहजिकरणको लागि मैले केहि
प्रश्नोत्तर अर्थात बाराम्बार सोधिने प्रश्न( बासोप्र: FAQ) तयार पारेको छु।
यसमा कोरोनाभाइरसको बारेमा समसामाहिक प्रश्नोत्तर तथा बेल्जियममा यसको क्राइसिस संबन्धमा लागु भएको नियमको बारेमा जानाकारी दिने कोशिष गरेको छु।
समसामयिक् प्रश्नोत्तर;
सारा विश्वलाइनै त्रसित बनाइराखेको र विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धि धेरै
थरिका कुराहरु धेरै ठाँउमा आइरहेका छन। सामाजिक संजालमा सहि गलत जस्ता पनि सन्देशहरु प्रबाह
भइरहेको छ। यसलाइ सहजिकरणको लागि मैले केहि प्रश्नोत्तर अर्थात बाराम्बार सोधिने प्रश्न( बासोप्र: FAQ)
तयार पारेको छु। यसमा कोरोना भाइरसको बारेमा समसामाहिक प्रश्नोत्तर तथा बेल्जियमको यसको क्राइसिस
संबन्धमा लागु भएको नियमको बारेमा जानाकारी दिने कोशिष गरेको छु।
समसामाहिक प्रश्नोत्तर;
1कोरोना भाइरस के हो?
-कोरोना भाइरस, भाइरसहरुको एउटा ठुलो कल्स्टर यानेकि ग्रुप हो। अहिले फैलिएका त्यो मध्यको एउटा प्रजाती
हो।
2 – कोरोना नाम किन रह्यो?
यो crown आकारमा हुने भएकाले crown बाट corona रहन गएको हो।
3- अहिलेको corona लाइ किन covid-19 भनिन्छ?
- corona virus disease 2019 लाइ छोट्याएर covid-19 भनिएको हो।
- 4- Covid-19 को शुरुवात कहाँबाट भयो?
-यसको शुरुवात डिसेम्बर २०१९ मा चिनको बुहान शहरबाट शुरु भएको हो। यो जिँउदो जनावरहरुको बजारबाट
शुरु भएको भन्ने अनुमान गरिएको छ। - 5-यसको मुख्य लक्षण के हो?
- सुख्खा खोकि लाग्नु, निरन्तर ३८ डिग्रि भन्दा माथि ज्वरो आउनु र श्वास प्रश्वासमा समस्या हुनु।
- 6- माथिको तिनवटा लक्षण बिना पनि कोरोना लागेको हुन सक्छ?
-सक्दैन, खोकिमा खकार देखियो भने त्यो कोरोना हैन, ज्वरो आएन तर खोकि लाग्यो भने पनि कोरोना हैन,
श्वासप्रश्वासमा समस्या देखिएन फने पनि कोरोना हैन। कोभिड १९ हुनलाइ यि तिनै लक्षण देखिनु पर्दछ। - 7- के उक्त तिन लक्षण बाहेक अरु लक्षण देखिन्छ?
- देखिन सक्छ त्यो बिरामिको अन्य दिर्घ रोग को आधारमा अन्य लक्षण देखिन्छ। - 8- यो कसरि सर्छ?
-बिरामिले खोक्दा वा हाछ्यु गर्दा खुला आकासमा गर्यो भने एक मिटर समम्म पर रहेको अन्य ब्यक्तिले श्वास
लिदाँ, यो रोग सर्न सक्छ। त्यस्तै गरि संक्रमितले खोक्दा वा हाछ्यु गर्दा भाइरसहरु कुनै सतहमा गएर बस्छन
र त्यो सतहमा अन्य कुनै ब्यक्तिले छोएर त्यो हातले आँखा, नाक वा मुखमा छुदाँ सर्छ। यति मात्रै हैन
संक्रमितले खोक्दा वा हाछ्यु गर्दा हातमा गरेको हुन सक्छ र उसले उक्त हातले जुन सतहमा छोएको हुन्छ त्यो
सतहमा भाइरस रहन्छ र त्यै सतहमा अरुले छोयो भने पनि सर्न सक्छ। - 9- मास्क लगाउनु जरुरी छ?
- कोभिड -१९ रोकथाममा मास्क खासै ठुलो भुमिक हुदैनँ झन बजारको सामान्य मास्कले त यो रोक्न पनि
सक्दैन। संक्रमितले एक मिटर नजिकबाट खुला खोक्यो वा हाछ्यु गर्यो भने मास्कको भुमिका हुन्छ। तर
अहिलेको परिस्थितिमा यो संभाबना कम छ।( स्मरण रहोस बेल्जियममा मास्क लगाएर बाहिर हिड्नु गैरकानुनी
हो र फाइन तिर्न पर्छ; स्वस्थ मान्छेले मास्क लगाउन जरुरी छैन र बिरामि बाहिर हिड्न छुट छैन त्यसैले
कसैले पनि मास्क लगाएर हिड्न पाइने छैन) - 10 यो नफैलिनलाइ ध्यन दिन पर्ने मुख्य कुरा के के हुन?
- चारवटा कुरा मुख्य हुन;
- घरै बस्ने कतै ननिस्कने
*नियमित हात धुने, - खोक्दा वा हाछ्यु गर्दा पेपरको प्रयोग गर्ने र त्यो पेपेरलाइ बन्द गर्न मिल्ने डस्टबिनमा फालिदिने
*पेपर नभएमा कुइनोल् छेकेर खोक्ने वा हाछ्यु गर्ने।
11- सर्ने मुख्य माध्याम के हो?
- संक्रिमतलाइ वा संक्रमितले भाइरस छाडेको सतहमा छोएर त्यहि हातले नाक, आँखा वा मुखमा छोएमा मात्र
यो सर्छ। त्यसैले ध्यान दिनु पर्ने कुरानाइ हातले आँखा,मुख वा नाकमा नछुने। छुन पर्दा हात धोएर, हातमा
स्यानिटिइजर लगाएर मात्र छुने। झुक्किएर नछोयियोस भन्नको लागि पटक पटक हात धुने। कुनै बाहिरबाट
आएको बस्तु वा सामानलाइ छुना साथ हात धोइ हाल्ने। - 12 यो रोग कत्तिको खतरा छ?
- यो एउटा सामान्य रुघा, खोकि जस्तै हो। ८०% मानिस बिना उपचार निको हुन्छन। यसको मृत्युदर ४% मात्रै छ।
- 13 यसको औषधी वा खोप कहिले बन्छ?
- बिभिन्न बैज्ञानिकहरुले बिभिन्न दाबि गरेपनि यो खोप बन्नलाइ यो बर्षको अन्त सम्म लाग्छ र बनेर पुरै बजारमा उपलब्ध हुनलाइ २०२१ तो अन्त सम्म लाग्छ।
- 14- यो रोगको सर्नको लागि खतराजनक पक्ष के हो?
-यो रोग लागको १४ दिन सम्म लक्षण नदेखिन पनि सक्छ। त्यसैले यो रोग लागिसकेको मानिसहरु आँफु स्वस्थ छु भनेर हिडिँ राखेका हुन्छन र भाइरस फैलाइराखेका हुन्छन। जसले गर्दा धेरै मानिसहरुमा एकै चोटि यो रोग देखिन्छ। - 15- बालबालिका तथा बैश्यकमा यो भाइरस सर्दैन?
-यो भाइरस सबैमा सर्छ तर बालबालिका र बैश्यकमा यो भाइरस लागेपछि पनि कुनै लक्षण नदेखिन सक्छ। तर तिनैको माध्यामबाट बुढाबुढि तथा कम्जोरहरुमा सर्न सक्छ। त्यसैले कुनै एउटा स्वस्थ मान्छे जसमा भाइरस छ तर उसमा रोगको कुनै लक्षण नदेखिने र उसले अरुलाइ सार्ने पनि हुन सक्छ। - 16 रोग लागेको शंक्का लागेमा के गर्ने?
- रोग लागेको शंक्का लागेमा आँफुलाइ सबै सँग अलग राख्ने। बेल्जियमको हट लाइन नं ०८००१४६८९ फोन गर्ने।
स्वस्थ्यकर्मि तथा अन्य अधिकारिले दिएको निर्देशन पालना गर्ने।
माथिको सुचना संकलित वा अनुबादित हुन। म आँफैले जानेको बिषय हैन। कतिपय कुराहरुमा अझै बिज्ञहरुनै
एकमत हुन सकेको छैन। त्यसैले यि कुराहरु सँग बाझिने कुराहरु हुन सक्छन।
बेल्जियमको यो क्राइसिस पछि लागु गरिएका नयाँ नियम सन्दर्भमा;
कामदारहरुको लागि;
17- कुन कुन ब्यबसाय खोल्न पाइन्छ?
*होटल; तर यस अन्तरगतको रेष्टुरेण्ट र बार तथा ब्रेकफास्ट गराउन पाइने छैन
- रेष्टुरेण्ट; लिन आउने र घरमा पुर्याउने( takeaway & delivery) खोल्न पाइन्छ तर बिहान ७ हजे देखि बेलुका
१० बजे सम्म मात्र। बेलुका १० बजे पछि पाइदैन।
*औषधि पसल पुर्ण रुपमा खोल्न पाइन्छ।
*Night shop बेलुका १० बजे सम्म मात्र।
बाँकि सबै व्बसाय बन्द हुनेछन।
थप जानाकारी यो लिकंसमा छ- - 18- आर्थिक बेरोजगार भत्ता कस्तो अव्सथामा कामदारले पाँउछ?
ब्यबसाय बन्द गर्नुपर्ने भएमा त्यो व्यबसायको सबै कामदारले। खुला गर्नपर्नेमा पनि निम्न परिस्थिहरुको
कारणले कामदार काममा आउन नपाएको।
- कुनै कामदार बिदेशमा रहेको फर्केर काममा जानु पर्ने तर फ्लाइट नभएकाले वा लकडाउनको कारणले फर्कन
नपाएको। - कामदाप बिदेशबाट फर्केको तर रोग संक्रमण शंक्का भएकाले करन्टिनमा राख्न परेको।
- रोग संक्रमण भएर आइसोलेसनमा राख्न परेको
- ब्यबसाय खुला गर्न पाउने तर सप्लायर्सले सामान सप्लाइ नगरिदिने वा ग्राहकको व्यबसाय बन्द हुने भएकाले
कारोबार नहुने भएमा; जस्तै क्याफे तथा रेष्टुरेण्ट बन्द भएकाले browerij को कारोबार आँफै बन्द भयो। - 19-आर्थिक बेरोजगार भत्ता कति हुने छ?
- यो हरेक कामदारले पाउने ब्रुटो तलबको पहिला ६५% हुन्थ्यो भने अहिले बढेर ब्रुटोको ७०% भएको छ भने
RVA ले त्यसमा प्रतिदिन ५,६३€ थप supplementary दिएको छ। या हाराहरी ८०% हुनेछ। - 20- आर्थिक बेरोजगार भत्ता पाउन के गर्न पर्छ?
- यसको आबश्यक प्रकृया मालिकले गरिदिनेछ। कामदारहरुले एउटा फर्म भरेर भाकबोन( trade union) हुनेले
आफ्नो भाकबोनमा दिने नहुनेले hulpkas मा सम्पर्क गर्ने। फर्मको लिकंस यहाँ छ।
http://www.sd.be/Messagent/web/optiext/optiextension.dll?ID=_yb_P_MsZA43903mVX5jp_th33gk
FSnJt_0BSuy5Ahm8zJYumw0qPAlkNqoeGrntBDtg_xBzDRbkLMH_fDnXzIxUg9
Hulpkas का लिंक्स;
https://www.hvw-capac.fgov.be/nl/kantoren/antwerpen - 21 – घरको तथा अन्य loan संबन्धि के छ?
- आर्थिक बेरोजगार हुने सबैले आफ्लो लोन बिना कुनै थप लागत सेप्टेम्बर (६ महिना) सम्मको लागि पछि
सार्न मिल्ने छ। मार्च देखि सेप्टेम्बर सम्मम तपाँइले लोन तिर्न पर्दैन यो बापत तपाँइको लोन सकिने अन्तिम
मिति ६ महिना थप हुने छ। थप जानाकारी यो लिकंस्मा छ
http://www.sd.be/Messagent/web/optiext/optiextension.dll?ID=_yb_P_MsZA43903mVX5jp_th33gk
FSnJt_0BSuy5Ahm8zJYumw0qPAlkNqoeGrntBDtg_xBzDRbkLMH_fDnXzIxUg9 - 22- बिजुली र पानिको बिल तिर्नलाइ के गर्ने?
- बिजुली र पानिको बिल तिर्नलाइ फ्लेमिस सरकारले कोरोना क्राइसिसको कारणले आर्थिक बेरोजगार हुनेलाइ
प्रति परिवार २०२,६८€ ( पानिको लागि ३०,७७, ग्याँस ९०,०५ र बिजुली ७६,८६)उपलब्ध गराउने छ। एउटा
परिवारमा एक जना बेरोजगार भएपनि आउने छ र एक भन्दा बढि बेरोजगार भएपनि यहि हुने छ। कोरोना
क्राइसिस भन्दा पहिला बेरोजगार हुनेले यो सुबिधा पाउने छैन। थप जानाकारीको लागि लिक्सं;
https://www.vlaanderen.be/corona-tegemoetkoming-water-en-energiefactuur-voor-wie-tijdelijk-
werkloos-werd
ब्यबसाय मालिकहरुको लागि; - 23- नियमित स्थिर लागतको लागि के छ सुबिधा?
-ब्यबसायहरुलाइ नियमित स्थिर लागत तिर्न सजिलो होस भनेर बेल्जियम सरकारले प्रति व्यबसाय शुरुको ३
हप्ता को लागि ४०००€ र त्यस पछि प्रति बन्द भएको दिन १६०€ को दरले उपलब्ध गराउने छ। जसलाइ
hinder premie भनिन्छ। - 24- यो hinder premie कसरि कहाँ बाट लिन सकिन्छ?
- यसको लागि अनलाइन बाटनै फर्म भर्न पर्ने हुन्छ। अहिले यो फर्म डिजानिगँ हुदैँ छ, त्यसैले लिकंस उपलब्ध
भइसकेको छैन। लिकंस उपलब्ध भएपछि म अपडेट गर्ने छु। यो भरिदिनको लागि वुककिपरलाइ पनि अनुरोध
गर्न सकिने छ।यसको थप जानाकारीको लिकंस यहाँ उपलब्ध छ;
https://www.vlaio.be/nl/begeleiding-advies/moeilijkhedencoronavirus/specifieke-maatregelen-mbt-
het-coronavirus/corona - 25- ब्यबसाय बन्द गरेपछि वा कारोबार घटेमा आफ्ना कामदारलाइ बेरोजगार भत्ता दिलाउने के गर्ने?
- व्यबसाय बन्द गरेमा वा कारोबार घटेर कसैलाइ बेरोजगारमा पठाएमा,बेरोजगार भत्ताको लागि आबश्यक प्रकृया
गरिदिने काम मालिकको हो। नयाँ अपडेट अनुसार tijdelijke werkloosheid को लागि अन्य केहि प्रकृया गर्नु
पर्दैन। loon पठाँउदा कोड भरे हुन्छ। उक्त कोड उपलब्ध भएको छ।कोड हो arbeiders लागि overmacht
arbeiders-corona virus र bedienden को लागि overmacht bedienden- corona virus. Vakbon तथा RVA
लाइ यो हिसाब गेरेर पेएमेन्टको लागि धेरै समय लाग्ने भएकाले सकभर चाँडै loon berekening पठाउन अनुरोध
गरिएको छ। यस संबन्धि लिकंस यहाँ छ;
https://www.sd.be/ellawebsite/nl/legalnews/518e8c62-88e2-449f-a5ae-d70afcfd91d9 - 26 – Zelfstandig मा रहेका ब्यबसायका मालिकहरुले आफ्नो कारोबार बन्द गरेबापत भत्ता पाँउछन?
- हो पाउँछन, यसको लागि कम्तिमा १ हप्ता बन्द गरेको हुनु पर्दछ। यसमा gezinlast हुनेले महिनाको
१६१४,१०€ र नहुनेले १२९१,६९ पाँउछन हप्तामा गर्दा ४०३,५३€ र ३२२,९२ हुन्छ।थप जानाकारी लिक्स यहाँ छ;
https://www.vlaio.be/nl/subsidies-financiering/subsidiedatabank/overbruggingsrecht-voor-
zelfstandigen-coronavirus - 27- Zelfstandig uitkering कसरि apply गर्ने?
- यसको लागि आ-आफ्नो sociaal verzekering fond को वेबसाइटबाट अनलाइन गर्न सकिने छ।
xerius,Acerta,liantis वा partena मध्य आफ्ना को हो त्यसलाइ सम्पर्क गर्ने। - 28 – हरेक क्वार्टरमा तिर्ने sociaal bijdragen के गर्ने?
- यो तिर्नलाइ एक बर्षको लागि पछाडी सार्न सकिने छ। यसको लागि पनि आ-आफ्नो sociial verzekering
fond को वेबसाइट बाट भरि पठाउने वा सम्पर्क गर्ने. - 29 – Zelfstandig संबन्धि केहि कुरा सोध्नको लागि आधिकारिक रुपमा कहाँ सम्पर्क गर्ने?
- Zelfstandig संबन्धि सबै प्रश्नहरुको लागि बेल्जियम सरकारले टोल फ्रि हटलाइन नं ०८००१२०१८ दिएको छ।
यसमा संम्पर्क गरि सबै प्रशन सोध्न सकिने छ। - 30- बेल्जियमको कोरोना संबन्धि जानाकारी कहाँ बाट लिने?
- बेल्जियमको कोरोना सम्बन्धि जानाकारी वेबसाइट info-coronavirus.be बाट लिन सकिनेछ। जसमा हेरक
दिन बिहानको ११ बजे रिपोर्ट आउने छ। कोरोनाको लागि टोल फ्रि हटलाइन नं ०८००१४६८९ मा सम्पर्क गर्न
सकिने छ। यसको आफ्नो युट्युब एकाउन्ट छ जसमा सबै जानाकारी पाउन सकिने छ ।लिक्सँ यहाँ छ।
https://youtu.be/jvtUGcF-pGQ
सबै जना घरमा बस्नुहोस, स्वस्थ रहनुहोस यो सन्देस फैलाउनुहोस तर भाईरस नफैलाउनुहोस।