काठमाण्डौं – प्रचण्ड बहुमत सहित सरकारको नेतृत्व गरिरहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांस्कृतिक विचलनको शिकार बन्दै गएको छ । उच्च तहका नेकपा नेताहरू नै धमाधम यौन काण्डमा मुछिन थालेका छन् ।
यौनकाण्डमा विवादमा तानिएका नेकपाका उच्च नेतामा पर्छन् पूर्व सभामुख कृष्णबहादुर महरा हुन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथी ‘जबर्जस्ति करणी प्रयास’ गरेको अभियोगमा आफ्नो सभामुख पद मात्रै गुमाएनन्, तीन महिना भन्दा धेरै समय जेलमै बिताउनु पर्यो । भलै काठमाडौ जिल्ला अदालतबाट उनले सफाइ पाएका छन् र अहिले आफू निर्दोष भएको भन्दै निर्वाचन क्षेत्र र गृहजिल्लाको दौडमा निस्केका छन् ।
यौनकाण्डमा मुछिएका अर्का नेता हुन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उनको नाम पूर्वअखिल कार्यकर्ता बालिका खड्काले मुख्यमन्त्री राईमाथी जबर्जस्ति करणीको आरोप मात्रै लगाएकी छैनन् । आफूमाथि अन्याय भएको भन्दै अंश भराई पाउँ भनी अदालतमै मुद्दा दायर नै गरेकी छन् । भलै मुख्यमन्त्री राईले आफूलाई फसाउन ठूलो राजनैतिक षड्यन्त्र भएको दावी गर्छन् ।
पूर्व सामन्य प्रशासनमन्त्री टेक बहादुर बस्नेत पनि यौनकाण्डमा मुछिएका नेकपाका अर्का उच्च नेता हुन् । सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित उनलाई सल्यानकै एक महिलाले आरोप सहितको खुल्ला पत्र नै लेखेर चुनौती दिइन् । महिलाका अनुसार पूर्वमन्त्री बस्नेतलाई रकम सापटी दिएको तर आफ्नो रकम फिर्ता माग्दा यौन हिंसा गरेको उनको आरोप छ ।
२०७४ असोजमा ४ लाख सापटी दिएको र सो पैसा समयमा फिर्ता नदिएपछि पूर्वमन्त्री बस्नेतलाई पटकपटक फोन सम्पर्क गर्दा कर्मको आशय राखी कुरा गरेको महिलाको आरोप मात्रै लगाइनन् सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिन् । म पूर्वमन्त्री हुँ, तिमि जे गर्न सक्छौ गर पैसा दिन्न जस्ता धम्कि बस्नेतले दिएको महिलाको आरोप छ ।
यौनकाण्डमा बाग्मती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्रीबाट हट्न पर्यो । उनिमाथि काठमाडौ महानगरपालिकाको मेयर हुँदा पत्रकार तथा महानगरकि तत्कालीन अधिकृत रश्मिला प्रजापतिले सामाजिक सञ्जालमार्फत आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकि थिइन् । ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनुपर्यो, उनी यौनहिंस्रक हुन्’ भन्दै रश्मिलाले उनले अझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकि थिइन् । महिलासँग नाम जोडिएर विवादमा परेपछि बाग्मती प्रदेशका मुख्यमन्त्रीले स्थापितलाई मन्त्री पदबाट बर्खास्त नै गरेका थिए ।
यस्तै सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारीले पनि यौनकाण्डकै कारण पद गुमाएका थिए । उनलाई धनगढीकि एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । सोडारीमाथि भ्रष्टाचार गरेको आरोप पनि लागेको थियो । तर महिलासँग भएको कुराकानीको टेप शिर्ष नेकपाका शिर्ष नेतामात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै पुगेपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो ।
यौनकाण्डकाकै कारण सुदुरपश्चिम प्रदेशका नेकपा सचेतक अक्कलबहादुर रावलाई प्रहरीले गत बुधबार नियन्त्रणमा लिएको छ । सचेतक रावलले एक महिलामाथि ‘बलात्कार प्रयास’ गरेको अभियोग छ । रावल अछाम २ को ‘ख’ बाट निर्वाचित नेकपा प्रदेशसभा सदस्य हुन् ।
यौनकाण्डकै कारण चर्चामा रहेका अर्का नेकपा नेता हुन् कैलाली अध्यक्ष रतन थापा, थापालाई त आरोप मात्रै लागेन एक महिलासँग अन्तरंग कुराकानी गरेको अश्लील अडियो नै भाइरल बनिरहेकोको छ । सर्वहारा बर्गका भनिएका कम्युनिष्टहरूको यस्तो कार्यशैलीले कम्युनिष्टको भने उपहास गरेको नेकपाकै नेताहरू बताउँछन् । केन्द्रीय समितिको पूर्ण बैठकबाटै आचारसंहिता बनाएको भएपनि कार्यान्वयनका लागि भने नेकपा उदासीन देखिएको छ ।