काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओली कम्युनिष्ट सरकारका प्रधानमन्त्री हुन् । तेह्रथुमको तीनसल्लेस्थित उनको जन्म घर देख्दा पनि उनी सामन्य परिवारमै जन्मेको, हुर्केको र बढेको देखिन्छ ।
किशोरावस्थामै कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका ओलीको राजनैतिक जीवन पनि दुखमै रह्यो । १५ बर्ष जेल जिवन बिताएका ओलीको २०४६ सालको राजनैतिक परिवर्तन पछि पनि संघर्षमै केन्द्रित हुनुपर्यो । यो हिसाबले हेर्दा उनको जीवन संघर्षमा बित्यो ।
२०५१ को मध्यावधि चुनावपछि बनेको सरकारमा उनी गृहमन्त्री बनेपछि भने उनको राजनीतिक उचाई निकै बढ्यो । त्यसपछि उनी कम्युनिष्ट बाट बिस्तारै सामन्तका सम्राट बन्ने दिशामा उन्मुख भए ।
भक्तपुरको बालकोट बसाइ सरेपछि भने उनको जीवनमा निकै परिवर्तन देखिन थाल्यो । त्यसपछि ओली तत्कालीन एमालेको अध्यक्ष हुँदै शक्तिशाली नेकपाको अध्यक्ष बने । नेकपाको अध्यक्ष बन्नु अगावै उनी पहिलोपटक प्रधानमन्त्री बनिसकेका थिए । पहिलोपटक प्रधानमन्त्री बन्दा उनी कुनै ठूलो बिजनेश हाउस नजिक भनिन्थ्यो । दोस्रो पटक प्रधानमन्त्री बन्दा त्यही बिजनेश हाउसलाई लाभ हुनेगरी काम गरेको पुष्टिहरु हुनथाल्यो ।
६९ औं वर्ष प्रवेश गर्दा ओलीको जन्मदिन तामझामका साथ मनाइयो । उनी जन्मघर पुगे । हेलिकोप्टर चाटर्ड गरेर पुगेका उनका लागि विशेष केक मगाइयो । हेलिकोप्टरबाट केक तीनसल्ले पुर्याइएको थियो ।
ओलीले उपचारमा पनि निकै खर्च गरिरहेका छन् । उनको मृगौला प्रत्यारोपण नयाँ दिल्लीमा भयो । त्यसपछिको नियमित चेकजाँच सिंगापुरमा भयो ।
ओलीको जीवनशैली तीनसल्लेबाट बालुवाटार पुग्दा निकै परिवर्तन भइसकेको छ । सामान्य परिवारबाट देशकै शक्तिशाली बन्दा उनको तामझाम मात्र नभई तडकभडक पनि बढेको । सामन्तविरुद्ध कम्युनिष्ट बन्दा आफै महासामन्त बनेको टिप्पणी हुनथालेको छ