काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड – १९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षणमा सबै नमूनामा कोरोनाभाइरस (कोभिड–१९) नेगेटिभ देखिएको हो । कोरोनाभाइरस (कोभिड–१९) का लागि रियल टाइम आरटी–पिसिआरबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
चीनबाट ल्याउनेबित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई ल्याईएकै दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना लिइएको थियो ।