काठमाण्डौं – मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर को बस बिहीबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साह रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार घनपालथान गाउँपालिका वडा नम्बर–४ रामचोकमा बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको थियो । दुर्घटनामा ११ जना विद्यार्थी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।