काठमाण्डौं – चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा चितवन जिल्ला अदालतले सफाई दिएको छ । आज भएको फैसलामा लामिछाने सहित पत्रकार युवराज कंडेललाई अदालतले सफाई दिएको हो ।
गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण रवि बिरुद्ध मुद्धा चलेको भनेर अहिले सामाजिक संजालमा प्रहरी र अदालतको आलोचना भएको थियो । गत साउनको अन्तिम साता पक्राउ परेका रविलाई प्रहरीले केहि दिन थुनामा राखेको थियो । देशब्यापी विरोध शुरु भएपछि उनि धरौतीमा रिहा भए । त्यसपछि अहिलेसम्म दुवैजनाले अदालतको तारिख धाएका थिए ।
दुरुत्साहन मुद्धामा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको नारायणगढको एक होटलमा मृत्यु भएको थियो । अनुशन्धानका क्रममा कहिंकतै रवि र कंडेलको संलग्नता नदेखिएको प्रहरी स्रोतले जनाएको छ । देशभरवाट रविका समर्थकले रवि र युवराजले सफाई पाउनेमा विश्वस्त थिए ।