चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् ।
अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती विज्ञले सो संख्या करिब १ हजार ७ सय भएको जनाएका छन् ।
सो भाइरसबाट दुईजना मानिसको मृत्यु भएको छ । जसको स्वासप्रश्वासमा समश्या आएर मृत्यु भएको हो ।
यो भाइरस गएको डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलोपटक देखिएको थियो ।
सो रोगको अध्ययन गरिरहेका वैज्ञानिक प्राध्यापक नील फर्गसनले आफूले अघिल्लो साताको तुलनामा यो भाइरसका सम्बन्धमा बढी चासो दिएको जनाएका छन् ।
उनले बढी चासो दिनुमा यो नसोचेको ढंगले फैलिएकाले भएको जनाइएको छ ।
अहिले हङकङ र सिंगापुरले वुहानबाट आएका हवाई यात्रुलाई निगरानी बढाएका छन् ।
अमेरिकी अधिकारीहरुले पनि गएको शुक्रबारदेखि लागु हुने गरी सान फ्रान्सिस्को, लस एन्जेल्स र न्यूयोर्क विमानस्थलमा निगरानी बढाएको बताइएको छ ।
सो भाइरसको प्रकोप एक जनालाई थाइल्याण्डमा र अर्का एक जनालाई जापानमा पनि देखिएको बताइएको छ ।
प्राध्यापक फर्गसनले यो अवस्थाका कारण आफू चिन्तित भएको जनाएका छन् ।
वुहान अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा ३हजार ४ सय मानिसले विदेश यात्रा गर्ने गरेको जनाइएको छ ।
बीबीसी