ऋण तिर्न नसकेर घर नजिकैको रुखमा झुन्डिएर आत्माहत्या गरेका धादिङका यमबहादुरको परिवारलाई नेपाली जन सम्पर्क समिती साईप्रसले एक लाख एक सय रुपया र नेपाली जन संपर्क समिती डेनमार्कले पचास् हजार रुपया सहयोग गरेका छन ।
नेपाली काङ्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले यमबहादुरको घरमै गएर उनका बालबालिकालाई स्थानीय बिद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधी र नेपाली काङ्रेश धादिङका नेताहरुको रोहबरमा सो रकम हस्तान्तरण गर्नु भएको छ । प्रबक्ता शर्माले आफ्नो तर्फबाट पनि दस हजार थप् गरी एकलाख साठी हजार एक सय रुपया उनीहरुको पठन पाठन र जीबिकोपार्जनमा सहयोग पुगोस भनेर जन संपर्क समितिका साथीहरुको आग्रहमा आफुले सहयोग हस्तान्तरण गरेको बताउनु भयो ।
बाबुको निधन भए पछि १२ बर्षिय करिना मगरले आफ्नी बिरामी आमा र साना भाईबहिनीलाई स्याहार गर्दै आएकी छिन् । नेपाली काङ्रेश धादिङका सभापति रमेश धमला , नेपाली काङ्रेशका सभापति उद्धब बराल, पूर्व सभापति रामनाथ ढकाल, बाशुदेव तिमिल्सेना , जनसम्पर्क समिति साइप्रसकी सदस्य कुशुम गुरुङ लगायत अन्य स्थानीय प्रतिनिधिहरु र पत्रकारहरु करिनाको घरमै भेला हुनु भएको थियो ।
श्रीमती उपचार् गर्न लिएको ऋणबाट उत्रीन नसकेपछि करिनाको बाबुले घर नजिकैको टाँकीको रूखमा झुन्डीएर आत्महत्या गरेको खबर सुनेर स्तब्ध भैइ जन संपर्क समितिका साथीहरुलाई अनुरोध गरे पछि उक्त सहयोग संकलन भएको समितिकी सभापति सीता अर्यालले बताउनु भयो ।
फोटो क्रेडिट- पुष्पा मिश्र