काठमाण्डौं – लामो समयदेखि प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी (पी. एस. पी) रोगबाट ग्रसित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ पत्नि सीता दाहालको उपचार बाबा रामदेव र आचार्य बालकृष्णले गरिरहेको सार्वजनिक भएको छ ।
छोरी गंगा दाहालले फेसबुकमा फोटो सेयर गर्दै आमा सीता दाहालको उपचार बाबा रामदेव र आचार्य बालकृष्ण बाट गराईरहेको सार्वजनिक गरेकी हुन ।
पीएसपी रोगको समस्या भएका बिरामीको मानसिक असन्तुलन हुनुका साथै बोल्न र हिड्न समेत समस्या आउने बताईएको छ । आफ्नो एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधन भए देखि नै सीता बिरामी छिन ।
सिताको उपचारको लागि प्रचण्ड पछिल्लो समय बिदेशका विभिन्न अस्पताल चहार्नुका साथै गतबर्ष तातोपानी कुण्डमा नुहाउन समेत पुगेका थिए ।
पछिल्लो समय भारतसँग राम्रो सम्बन्ध नरहेको भनिएका प्रचण्ड भने पत्नीको उपचारको लागि हरिद्वार गएका छैनन् । दाहाल पत्निको साथमा पुर्व मन्त्री मात्रीका यादव समेत सहभागी छन ।
नेपाल भारत बिच अहिले भारतद्वारा अतिक्रमित नेपाली भु-भागको बिषयमा विवाद चलिरहेका बेला पत्नीको उपचारको लागि आफैं जाँदा विवादमा परिने भयले प्रचण्ड नगएको आँकलन गरिएको छ ।