काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पुष्प कमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन पेश भएको छ ।
आइतवार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत प्रतिवेदन स्थायी कमिटीका सदस्यहरुलाई अध्ययन गर्न दिइएको छ ।
त्यस्तै, विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए । बैठक सोमबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।