काठमाण्डौं – मुलुकभित्र भएका मानवअधिकार उल्लंघन घटनाका विषयमाथि कानून व्यवसायीहरुबीच बहस चलाएका छन् ।
एडभोकेसी फोरम, जुरी, ओपन सोसाइटी, जूरी नेपाल लगायत एनजीओहरुको संयुक्त आयोजनामा भक्तपुरको नगरकोटमा हाेटल माइस्टिक माउण्टेनमा बुधबारदेखि ३ दिनका लागि कार्यशाला गोष्ठी चलाइरहेका छन् ।
डिसेम्बार ४ देखि ६ तारिखसम्म चलाइने गोष्ठीमा विभिन्न मुलुकका गरी ५० जनाभन्दा बढी वकिलहरु सहभागी छन् । उनीहरुले बिहिबार पनि मानवअधिकार उल्लंघनका घटनाका विवरणसहित बहस गरेका छन् ।
‘नेपालमा मानव अधिकार उलंघनको क्षतिपूर्ति र परिपुरण सम्बन्धमा बृहत् बहस’ नाम दिइएको उक्त कार्यक्रममा मुख्यगरी नेपालमा चलेको दस वर्षे सशस्त्र विद्रोह जनयुद्धका क्रममा मानवअधिकारको गम्भीर रुपमा उल्लंघन भएको ठानिएको विषयमा केन्द्रित छलफल चलेको एक सहभागीले बताए ।
जनयुद्धका बेला थुप्रै मानवअधिकार उल्लंघनका घटना भएको र पीडितहरुले अझै न्याय नपाएको भन्दै आवाज उठाइरहेका बेला कार्याशाला गोष्ठी चलाइएको हो । मानवअधिकार उल्लंघनका पीडितहरु सडकमा आवाज उठाइरहेको बेला बहस कार्यक्रम महंगा होटलमा भइरहेको छ । जसको चर्को आलोचना शुरु भएको छ ।